धादिङ । धादिङ प्रहरीले पृथ्वी राजमार्ग्स्थित गजुरी गाउँपालिका १ गजुरी बजारबाट शुक्रबार बिहान एक सय ६४ किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत उत्तरप्रदेश मरेठ जिल्ला मरेठसिटी लिसारी गेटथाना बस्ने २३ वर्षीय मौ महताव छन्। काठमाडौँमा सामान छाडेर भारतको मजहफपुर नगर सामली उत्तरप्रदेश जाँदै गरेको यूपी १९ टी ५१७१ नम्बरको भारतीय ट्रक जाँचका क्रममा इलाका प्रहरी कार्यालय गजुरीले शुक्रबार बिहान चरेस फेला पारेको हो। ट्रकको क्याबिनको माथिल्लो भागमा आठ वटा प्लास्टिकको बोरामा राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो।
राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिइने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागुऔषधको ओसारपसार चुनौती बनेको छ। खासगरी भारतीय कन्टेनरहरु र भारतीय नागरिकहरु बढी पक्राउ पर्ने गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए।
पृथ्वी राजमार्गको नाका हुँदै भारतीय कन्टेनरको क्याबिनमा लुकाई लागुऔषध लैजाने गरेका छन्’, प्रहरी निरीक्षक ढुंगेलले भने, ‘सामान्य खालका लागुऔषधदेखि ठूला मात्रामा भेटिने गरेको छ, सामान लिएर नेपालमा आउने र फर्कदाँ लागुऔषध लैजाने गरेका छन्।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०९ चैत्र २०७५, ०७ : ४९
लेखकबाट थप