पुदिनाले ल्याउँछ छालामा चमक

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ चैत्र २०७५, ०७ : ३५
पुदिनाले ल्याउँछ छालामा चमक

नेपाली भान्सामा पुदिना प्रायः अचारको रूपमा प्रयोग हुन्छ । यो खानका लागि स्वादिलो र स्वस्थकर छ । यसबाहेक, पुदिना सौन्दर्यका लागिसमेत प्रयोग गर्न सकिन्छ । यसले छालामा चमक ल्याउन महत्वपूर्ण  भूमिका निर्वाह गर्छ । साथै,  छालासम्बन्धी विभिन्न समस्याबाट जोगाउँछ ।

-  पुदिनालाई एक नेचुरल स्किन टोनरको रूपमा प्रयोग गर्न सकिन्छ । यदि कालो दागबाट ग्रस्त हुनुहुन्छ भने पुदिनाले यस्तो समस्यालाई हटाउन महत्वपूर्ण  भूमिका खेल्छ ।
-   पुदिनामा भिटामिन ए हुन्छ, जसले आयल सिक्रिसन नियन्त्रण गर्छ र कालो दागबाट छुटकारा दिलाउँछ ।
-पुदिनाले स्किनलाई सुक्खा हुन दिँदैन । बरु यसले स्किनको ग्लो बढाउँदै लैजान्छ । 
-  फोहोर र धुलोले स्किनको पोर्स बन्द भएमा र ब्ल्याक हेड्सको समस्या छ भने पुदिनाले यसबाट मुक्त बनाउने काम गर्छ ।
-    पुदिनाले रक्तसञ्चारलाई पनि स्वस्थ राख्छ । 
-    पुदिनाले चाउरीपना र कैयौँ दाग, धब्बाबाट पनि टाढा रहन मद्दत पु-याउँछ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस