कुकुरको आक्रमणबाट चितुवाको मृत्यु

विहीबार, ०७ चैत्र २०७५, २० : ५५
कुकुरको आक्रमणबाट चितुवाको मृत्यु

गोरखा । पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ । आज कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्युु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिनुभयो । 

“बाख्रा फार्ममा आहारा खोज्दै पुगेको चितुवालाई कुकुरको समूहले लखेट्दै जङ्गलमा लगेर मारेको रहेछ”, उहाँले भन्नुभयो, “चितुवा र एउटा कुुकुर मृत भेटिएका छन् ।” स्थानीयवासी फुचुङ लामाले सञ्चालन गर्दै आएको बाख्रा फार्ममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवालाई ६ कुकुरले लखेटेका थिए । चितुवाको आक्रमणबाट दुई कुकुर घाइते भएको उहाँले बताउनुभयो । चितुवा र कुकुर एकापसमा करीब डेढ घण्टा भिडेका थिए । घटनालगत्तै पालुङटार रातेमाटेस्थित सेरा प्रहरी चौकीबाट प्रहरी टोली तथा डिभिजन वन कार्यालयबाट गएको प्राविधिक टोलीले मृत चितुवालाई वन कार्यालयमा ल्यार्ई गाडेको थियो । रासस

प्रतिक्रिया दिनुहोस