सेक्स व्यायाम हो कि होइन?

विहीबार, ०७ चैत्र २०७५, २० : ००
सेक्स व्यायाम हो कि होइन?

सेक्स पनि व्यायामजस्तै हो भन्ने सुनेको छु। साँचो हो ? 
के, झापा

यौन क्रिया एक आनन्ददायी व्यायाम हो भन्ने कुरामा दुई मत छैन। साधारण चुम्बन कार्यले त निश्चित मात्रामा क्यालोरी खर्च हुन्छ भने यौन परिकल्पना, प्राक्क्रीडादेखि चरमोत्कर्ससम्मले निश्चय पनि शारीरिक शक्तिको क्षय हुन्छ। यौन क्रियाका क्रममा जननेन्द्रिय एवं यस वरिपरिका मांसपेशी मात्र नभई विभिन्न आसनका क्रममा शरीरका अधिकजसो मांसपेशी प्रयोजनमा आउँछन्।

पार्टनरको निकटता, आलिंगन, प्राक्क्रीडा, चरम सुखसँगै वृद्धि हुने मुटुको धड्कन, श्वासप्रश्वास प्रक्रियाले मुटु, रक्तसञ्चार तथा फोक्सोले राम्रै काम पाउँछ।

यौन कार्यले शरीरमा इन्डोर्पिmनको उत्पादन बढ्न गई पीडाबाट छुटकारा दिलाउँछ।  शारीरिक थकान, मानसिक थकान एवं तल्लो पेट दुख्ने समस्या (महिनावारीमा) का बेला मायालु भावभंगीसहितको यौन कार्यले पीडा कम गराउँछ। पटक–पटकको यौन सम्पर्कले मुटु एवं रक्तसञ्चार प्रणालीले राम्रै अभ्यास पाउँछ। 

मानव जीवनमा यौन सन्तुष्टि प्राप्त गर्ने ठूलो चाहना हुन्छ। यसका लागि एक खाले तपस्या र मानसिक एकाग्रता चाहिन्छ। सफल यौन कार्यले कार्यालय लगायतका बाह्य वातावरणका कारण उत्पन्न हुने मानसिक तनाव मात्र कम गर्दैन, दम्पतीबीच हुने हल्का ठाकठुक वा झगडालाई पनि ठीक पार्छ। प्राक्क्रीडाका क्रममा आपसमा गरिने यौन क्रियाकलापले जस्तोसुकै तनावलाई कम गर्छ। तनाव अर्थात् नैराश्यपूर्ण परिस्थितिमा पार्टनरको मायालु आलिंगन मात्रले पनि औषधिको काम गर्छ।

वर्तमान परिस्थितिमा पारिवारिक विखण्डनको मुख्य कारण यौन असन्तुष्टि र यसैबाट सिर्जित वर्जित यौन सम्बन्ध पनि हो। दम्पतीबीचको आपसी समझदारीमा स्थापित यौन सम्पर्कले यौन सन्तुष्टिका साथै आत्मविश्वास जगाउँछ। 

दीर्घरोगको अवस्था एवं ढल्कँदो उमेरमा सफलतापूर्वक यौन सम्बन्ध कायम गर्न सकिन्न। जसले गर्दा मान्छे हीनताबोध एवं आत्मग्लानिको शिकार हुन्छ। सफल यौन सम्पर्कले शारीरिक तन्दुरुस्तीको आभास दिलाई आत्मबल पनि बढाउँछ। अनुशासित एवं मर्यादित यौन कार्यले एचआईभीलगायत रोग, यौन अपराध र अप्राकृतिक यौन क्रियाकलापबाट पनि टाढा राख्छ। 

कति क्यालोरी खर्च हुन्छ ?
अमेरिकाको ‘पब्लिक लाइब्रेरी अफ साइन्स’ले प्रकाशन गर्ने ‘प्लस वन’ जर्नलमा प्रकाशित अध्ययनको नतिजाअनुसार औसत यौन कार्यमा पुरुषको १ सय १० क्यालोरी र महिलाको ६९ क्यालोरी खर्च हुन्छ। मोटामोटी रूपमा पुरुषले प्रतिमिनेट ४.३ क्यालोरी र महिलाले ३.१ क्यालोरी खर्च गर्छन्।

यस हिसाबले यौन क्रियाको लम्बाइसँगै क्यालोरी खर्चिने कार्य बढ्दो रहेछ। यौन क्रियाअघिको प्राक्क्रीडा अनि चुम्बन कार्यले पनि धेरथोर क्यालोरी घटाउने गर्छन्। त्यसो त सामान्य चुम्बनले प्रति मिनेट दुई क्यालोरी खर्चिन मद्दत गर्छ। तर, चुम्बनका  कारण बढ्ने यौन उत्तेजनाले भने थप क्यालोरी खर्च गर्न लगाउँछ। 

ट्रेड मिल भनिने दौडिने मेसिनमा एकछिन दौडिँदा पुरुषको ३ सय ६ र महिलाको २ सय ७५ क्यालोरी नष्ट हुने गर्छ। यसको दाँजोमा यौन कार्यका क्रममा करिब एकतिहाइ क्यालोरी खर्च हुन्छ। 

अध्ययनअनुसार यौन आसनको भिन्नतासँगै क्यालोरी खर्च पनि घटबढ हुन्छ। प्रायः विकासोन्मुख देशहरूमा उही परम्परागत ढाँचा अर्थात् महिला उत्तानो सुत्ने अनि पुरुष महिलामाथि चढेर यौन सम्पर्क राखिने गरेको अध्ययनबाट देखिन्छ। यस्तो आसनमा पुरुषले १ सय ४३ क्यालोरी र महिलाले ४४ क्यालोरी खर्च गर्छन्।

कुकुर आसनमा यौन सम्पर्क राख्ने पुरुषले १ सय ५१ क्यालोरी र महिलाले ९८ क्यालोरी खर्च गर्छन्। यस आसनमा यौन सम्पर्क राख्नाले महिलाले साबिक आसनमा भन्दा बढ्ता क्यालोरी नष्ट गर्छन्। यसरी यौन आसनमा परिवर्तन ल्याएर पनि क्यालोरी खर्च बढाउन सकिन्छ। 
 

प्रतिक्रिया दिनुहोस