सुरक्षा निकायमाथी आक्रमण गर्ने पार्टिको नीति छैन : विप्लव नेकपा

काभ्रेमा दोहोरो फाईरिङ गरेको दावी बकवास

सफल खबर संवाददाता

विहीबार, ०७ चैत्र २०७५, १९ : २२
सुरक्षा निकायमाथी आक्रमण गर्ने पार्टिको नीति छैन : विप्लव नेकपा

चितवन । विप्लव नेतृत्वको नेकपाले काभ्रेमा दोहोरो फाईरिङ गरेको प्रहरीको दावी बकवास भएको टिप्पणी गरेको छ । बिहीबार मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज सुदर्शनले एक विज्ञप्ति जारी गरी काभ्रे गोलीकाण्डबारे प्रहरीको भनाई झुटो भएको दावी गरेको हो । 

प्रहरीले यसअघि चैत ५ गत्ते काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूहका कार्यकर्तासँग दोहोरो गोली हानाहान भएको बताएको थियो । त्यसको ठिक २ दिनपछि नेकपाले विज्ञप्ती जारी गरी आधाकारीक धारणा सार्वजनिक गर्दै प्रहरीको दावी बकवास भएको टिप्पणी गरेको हो । 

सरकार, गृहप्रशासन, सुरक्षा निकायका प्रमुख लगायतले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा अपराधीहरुलाई संस्थागत गर्न खोजेको जारी विज्ञप्तीमा आरोप लगाइएको छ ।
विज्ञप्तीमा झुटो वकवासले जनयुद्धताका लगाएको संकटकालको झल्को दिएको उल्लेख गरेको छ । तत्कानै प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथी आक्रमण गर्ने पार्टिको नीति नरहेको तर दमन जारी राखे जनप्रतिरोधका लागी तयार रहेको चेतावनी दिईएको छ । 

प्रतिक्रिया दिनुहोस