औद्योगिक प्रदर्शनी केन्द्रले राष्ट्रकै ध्यानाकर्षण गरेको छ : पूर्वप्रधानमन्त्री भट्टराई

विहीबार, ०७ चैत्र २०७५, १३ : ३६
औद्योगिक प्रदर्शनी केन्द्रले राष्ट्रकै ध्यानाकर्षण गरेको छ : पूर्वप्रधानमन्त्री भट्टराई

चितवन । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चितवनस्थित भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रको अवलोकन गर्नुभएको छ । चितवन प्रदर्शनी केन्द्रको अवलोकन गर्दै नयाँ शक्ति नेपालका संयोजकसमेत रहनुभएका भट्टराईल प्रदर्शनी केन्द्रको अवलोकन गर्दै भन्नुभयो, ‘यसले चितवनको मात्र होइन, समग्र राष्ट्रकोे ध्यानाकर्षण गरेको छ ।’
नवलपुरस्थित एक विशेष कार्यक्रममा सहभागी हुन आउनुभएका भट्टराईले प्रदर्शनी केन्द्रको अवलोकन गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘प्रदर्शनी केन्द्रले औद्योगिक गतिविधिहरुलाई महत्व दिनुपर्छ ।’
भट्टराईको अवलोकन कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका पूर्व अध्यक्ष मण्डल संयोजक हरिप्रसाद सुवेदी, बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, संघका कार्यकारी निर्देशक हरिहर भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस