आइसक्रिम खानुका फाइदा र बेफाइदाहरु

विहीबार, ०७ चैत्र २०७५, १३ : २३
आइसक्रिम खानुका फाइदा र बेफाइदाहरु

आइक्रिम विशेषगरी गर्मीे मौसममा रुचाइन्छ । चैत लागेसँगै बजारमा आइसक्रिम खानेको संख्या पनि बढ्न थालेको छ । विभिन्न किसिमका आइसक्रिम बजारमा सजिलै उपलब्ध हुन्छन्, जो खाँदा स्वादिष्ट पनि हुन्छन् । प्रायः बालबालिका र युवतीको पहिलो रोजाइमा आइसक्रिम परे पनि अन्य उमेरकाले पनि खाने गर्छन् ।

सामान्यतया दूध, क्रिम, ग्लुकोज, चकलेट आदिको मिश्रणलाई फ्रिज गरेर आइसक्रिम बनाइएको हुन्छ । आइसक्रिममा क्याल्सियम, भिटामिन र प्रोटिनको मात्रा धेरै पाइन्छ । त्यसैले, सन्तुलित ढंगले बनाइएको आइसक्रिम स्वास्थ्यका लागि लाभदायी हुन्छ ।  यद्यपि, गुणस्तरहीन आइसक्रिम खाएमा यसले बेफाइदासमेत गर्छ । अब जानौँ, आइसक्रिमका फाइदा/बेफाइदाबारे :

फाइदा
- आइसक्रिमलाई ऊर्जाको स्रोतको रूपमा लिइन्छ । एउटा सामान्य आइसक्रिममा काब्रोहाइड्रेट  र प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले यसले शरीरमा ऊर्जा प्रदान गर्छ । अमेरिकाको कृषि विभागका अनुसार एउटा आइसक्रिममा करिब एक सय ३७ क्यालोरी हुन्छ । त्यसैले, तौल बढाउन चाहने र कमजोर महसुस गरिरहेका वेला आइसक्रिम खानु उपयुक्त मानिन्छ । 
- आइसक्रिम क्याल्सियम, पोटासियम र फस्फोरसको राम्रो स्रोत हो । जसले रक्रचापको स्तरलाई सहयोग गर्नुका साथै दाँत, हड्डी र मांसपेशी बलियो बनाउन सहयोग गर्छ । 

बेफाइदा
- बजारमा पाइने सबै आइसक्रिम गुणस्तरयुक्त हुन्छन् भन्ने छैन । त्यस्ता गुणस्तरहीन आइसक्रिम खाएका मानव स्वास्थ्यमा हानि पुग्छ ।
- आइक्रिममा क्यालोरीको मात्रा एकदमै धेरै हुने हुनाले बढी खाएमा मोटोपन ल्याउने सम्भावना उच्च रहन्छ । त्यस्तै, आइसक्रिम फ्याटको उच्च स्रोत पनि हो । आइसक्रिममा क्रिम, दूधसँगै बोसोसमेत प्रयोग गरिने भएकाले यसले मोटोपनको समस्या निम्त्याउने खतरा हुन्छ । 
- रगतमा उच्च मात्रामा कोलस्ट्रोल भएका व्यक्तिले आइसक्रिम सेवन गरेमा असर गर्छ । यस्तो अवस्थामा आइसक्रिम खाएमा रक्तधमनीमा रोकावट आई हृदयाघात र पक्षघात हुन सक्ने सम्भावना रहन्छ । 
- आइसक्रिममा प्रयोग गरिने सुगरको मात्राले मधुमेहका बिरामीलाई असर पु-याउँछ । कतिपय समयमा आइसक्रिममा लिस्टेरिया नामक ब्याक्टेरियासमेत भेटिन्छ । उक्त ब्याक्टेरियाले स्वास्थ्यमा गम्भीर समस्या सिर्जना गर्छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस