खुसी देशको सूचीमा फिनल्याण्ड एक नम्बरमा, नेपाल १०० औं स्थानमा

पत्रपत्रिकाबाट

विहीबार, ०७ चैत्र २०७५, ०७ : ५६
खुसी देशको सूचीमा फिनल्याण्ड एक नम्बरमा, नेपाल १०० औं स्थानमा

काठमाडौं । विश्वमा सबैभन्दा खुसी देशको सूचीमा यसवर्ष फिनल्याण्ड पहिलो नम्बरमा परेको छ । विश्व खुसी दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड परेका छन् । 

यस्तै छटौदेखि दशौंसम्म क्रमशः स्वीजरल्याण्ड,  स्वीडेन, न्यूजील्याण्ड, क्यानडा र अष्ट्रेलिया छन् । यो सूचीमा नेपाल १०० औं स्थानमा रहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस