काठमाडौं । प्रहरीका उच्च अधिकारीहरु सेवाबाट अवकाशलगत्तै राजनीतिक दलमा प्रवेश गर्ने क्रम विगतदेखि चल्दै आएको छ। त्यही मेलो पछिल्लोपटक नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापाले पनि पछ्याएकी छिन्। थापा सोमबार मात्रै उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन्।
विभिन्न क्षेत्रमा क्रियशील व्यक्तिहरू जस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरु पनि सेवाबाट अवकाश पाएलगत्तै राजनीतिमा प्रवेश गरेका छन्। अवकाशपछि कहिले नेपाल त कहिले विदेश बस्दै आएकी थापाले फोरममा प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत गरेकी छिन्।
थापाअघि पूर्वप्रहरी महानिरीक्षकहरू डिबी (दिलबहादुर) लामा, धु्रवबहादुर प्रधान, प्रदीपशमशेर राणा, नेपाल प्रहरीका पूर्वएआइजी गणेशराज राई, सशस्त्र प्रहरीका पूर्वएआजीद्वय रिषभदेव भट्टराई र कृष्ण तामाङ, नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाललगायत राजनीतिक दलहरूको छहारीमा ओत लागिसकेका छन्।
लामा नेपाली कांग्रेसमा प्रवेश गरी सहायक मन्त्रीसमेत भए। भूपू प्रहरी संघका अध्यक्ष लामा ५० को दशकदेखि कांग्रेस राजनीतिमा लागेका थिए। २०५६ सालमा कांग्रेसको टिकटमा रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई लामा २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासन सहायकमन्त्री भएका थिए। त्यसैगरी प्रधान अवकाशलगत्तै राप्रपामा प्रवेश गरेका थिए। राप्रपाको महामन्त्रीसमेत भएका उनी राजनीतिमै सक्रिय छन्। एक वर्षअघि पूर्वडिआइजी सिलवाल तत्कालीन एमालेमा प्रवेश गरेका थिए। उनी ललितपुर क्षेत्र १ बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य बनेका छन्। देउवा नेतृत्वको तत्कालीन सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त नगरेपछि उनी राजीनामा दिएर एमालेमा पसेका थिए। यो समाचार आज को नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०६ चैत्र २०७५, ०८ : ०४
लेखकबाट थप