सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस

सफल खबर संवाददाता

मंगलबार, ०५ चैत्र २०७५, २१ : १०
सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ३७ जना प्रहरी नायब उपरिक्षक (डीएसपी)हरु सशस्त्र प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका छन् । 
सशस्त्र प्रहरी बलअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको वैठकले ३७ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा दिलबहादुर पन्थ पहिलो नम्बरमा छन् ।

प्रतिक्रिया दिनुहोस