महालक्ष्मीविकास बैंकको शाखा काठमाडौंको चाबहिलमा

सफल खबर संवाददाता

मंगलबार, ०५ चैत्र २०७५, १८ : ५८
महालक्ष्मीविकास बैंकको शाखा काठमाडौंको चाबहिलमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका– ७ स्थित चाबहिल शाखाको उद्घाटन गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्य, सञ्चालकद्वय राजेश कुमार रौनियार तथा रुपेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो । 
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानले महालक्ष्मीविकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 
 

प्रतिक्रिया दिनुहोस