गाउँगाउँमा ‘जनसत्ता’ सरकार बनाउँदै विप्लव समूह

पत्रपत्रिकाबाट

मंगलबार, ०५ चैत्र २०७५, ०७ : ००
गाउँगाउँमा ‘जनसत्ता’ सरकार बनाउँदै विप्लव समूह

दाङ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरकार ’ बनाउन थालेको छ ।

‘जनकारबाही’लाई पनि ब्युँताएको भन्दै नेकपाले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शत्तिको रुपमा प्रयोग गरिरहेको जनाएको छ ।

जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसरकार गठन गरिएको जिल्ला जनसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिए । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएपछि गाउँगाउँमा स्थापना भएका जनसरकालाई झनै सक्रिय बनाइएको उनको भनाई छ । यो समाचार देवेन्द्र बस्नेतले नागरिकमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस