कोल्ड ड्रिंक्स यसकारण कम पिउनुहोस्,

आइतबार, ०३ चैत्र २०७५, १४ : ५७
कोल्ड ड्रिंक्स यसकारण कम पिउनुहोस्,

कोक, पेप्सी, फ्यान्टा, मिरिन्डा, स्प्राइट, इनर्जी ड्रिंक्सजस्ता कोल्ड ड्रिंक्स नियमित पिएमा हाम्रो शरीरमा चाहिनेभन्दा बढी (अर्थात् सामान्यभन्दा १० चम्चा बढी) सुगर आपूर्ति हुन्छ । यसमा हुने फास्फोरिक एसिडका कारण तत्काल गुलियोपनको अनुभव हुँदैन । यद्यपि, यसले तीव्र रूपमा इन्सुलिन उत्पादन गर्छ । फलस्वरूप ब्लडसुगरको मात्रा अत्यधिक हुन्छ । उक्त सुगर बोसोमा परिणत हुने भएकाले मोटोपनाको समस्या हुने गर्छ ।

त्यस्तै, नियमित कोल्ड ड्रिंक्स सेवन गर्ने मानिसमा टाइप टु मधुमेह हुने खतरा उच्च रहन्छ । 

कोल्ड ड्रिंक्समा चिनीको मात्रा उच्च हुने भएकाले हृदयाघातलगायत मुटुरोगसम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । 
यस्ता पेयपदार्थमा मेटल, सिसा, क्रोमियमजस्ता रसायन हुन सक्ने भएकाले आँखाको रेटिना बिग्रिने र पेट तथा मस्तिष्कसम्बन्धी समस्या आउने हुन सक्छ ।  – नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस