नेपालमा ५८ प्रतिशत गर्भपतन अवैध

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०७५, १५ : ५०
नेपालमा ५८ प्रतिशत गर्भपतन अवैध

काठमाडौं । नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गराउँछन्। तीमध्ये ४२ प्रतिशतले मात्र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँछन्। ५८ प्रतिशत गर्भपतन अवैध हुने गरेको छ।

हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए। ‘गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने गरेको पाइयो’, अध्ययनमा संलग्न वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्रका निर्देशक आनन्द तामाङले भने। भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी हो। स्त्री तथा प्रसूति विशेषज्ञ डा। हीरा तुलाधर असुरक्षित तरिकाले गर्भपतन गराउँदा कैयन् महिलाले ज्यान गुमाउने गरेको बताउँछिन्। ‘असुरक्षित गर्भपतन गर्दा कतिपयको स्वास्थ्य अवस्था गम्भीर हुने र कतिको ज्यानसमेत जाने गरेको छ’, डा। तुलाधरले भनिन्।

छोरा जन्माउन महिलाले पूजाआजा र भाकल गर्ने, जडिबुटी बाँध्ने लगायतका उपाय अपनाउने गरेको अध्ययनमा उल्लेख छ। अध्ययनमा सहभागी महिलामध्ये ३० जना अर्थात् झन्डै नौ प्रतिशतले कुनै निश्चित लिंगको बच्चा जन्माउन भाकल ९देवताको नाममा जनावरको बलि दिने० गरेको पाइएको छ। तीमध्ये २५ जनाले छोरा जन्मियोस् भनेर भाकल गरेका थिए। छोरा पाउन पाँचजना महिलाले विशेष पूजा गरेका थिए र तीनजनाले धार्मिक गुरुकहाँ गएर आशीर्वाद लिएको अध्ययनमा उल्लेख छ।

अध्ययन संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा कञ्चनपुर, सुर्खेत, रूपन्देही, कास्की, भक्तपुर र चितवन गरी ६ जिल्लामा गरिएको अध्ययनमा छोरी जन्माउँदा महिलामाथि घरबाटै हिंसा हुने गरेको उल्लेख छ। ‘महिलामाथि छोरा पाउनै आउँदो रहेनछ भन्ने दोष लगाउने गरेको पाइयो’, तामाङले भने।

अध्ययनमा संलग्न महिलाले पति र सासूले छोरा जन्माउन दबाब दिने गरेको बताएका छन्। ती जिल्लाका दसवटा सरकारी स्वास्थ्य संस्था ९तीन अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्य चौकी० मा नियमित परीक्षणमा आउने चारदेखि ६ महिनाका गर्भवतीसँग पहिलो चरणको अन्तर्वार्ता गरिएको थियो। पहिलो चरणमा नियमित गर्भ जाँच गर्न आउने २ सय ६० जना गर्भवतीलाई सहभागी गराइएको थियो। दोस्रो चरणमा तीन सय ४९ आठदेखि नौ महिनाका गर्भवतीसँग अन्तर्वार्ता गरिएको थियो।

पहिलो चरणमा समावेश तीन सय ६० गर्भवती महिलालाई के चाहनुहुन्छ रु भनेर सोध्दा ३६ प्रतिशतले छोरा भनेका थिए। तीन गर्भवतीमध्ये एकजनाले छोराको चाहना राखेका थिए। त्यस्तै ६ मध्ये एकजनाले छोरीको चाहना राखेका थिए। आधाजसो महिलाले छोराछोरी जे भए पनि हुने बताएका थिए। पतिकोे चाहना छोरा भएको अध्ययनमा सहभागी एक तिहाइ महिलाले बताएका थिए।

प्रतिक्रिया दिनुहोस