घुर्ने बानीको रोकथाम र उपचार

पत्रपत्रिकाबाट

शुक्रबार, ०१ चैत्र २०७५, ०८ : १०
घुर्ने बानीको रोकथाम र उपचार

-सबैभन्दा पहिला त समस्या भएको व्यक्ति आफैँले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ । सुत्दा उत्तानो परेर सुत्नुहुँदैन । सधैँ कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै क्रमशः ठीक हुँदै जान्छ ।  
- सकेसम्म नियमित व्यायाम गर्नुपर्छ । यसले घुर्ने समस्यासँगै शरीर सुगठित हुन पनि मद्दत गर्छ । 
-  शरीरको अत्यधिक भारका कारणसमेत श्वासनलीमा असर परिरहेको हुन्छ । मोटोपन भएकाले तौल घटाउनु आवश्यक छ ।
-  सकभर बेलुकीको खाना हलुका किसिमको लिनुपर्छ । त्यस्तै, बढी चिल्लो, पिरो भएका खाना खानुहुँदैन । 
 - घुर्ने मानिसमा टन्सिलको समस्या पनि भएमा झन् बल्झिने हुन्छ । तसर्थ, यसको समयमै उपचार गर्नुपर्छ ।   
-  अत्यधिक धूम्रपान–मध्यपान र लागुऔषधबाट टाढा रहनुपर्छ । 
-  घुर्ने समस्या बढी देखिएमा चिकित्सकसँग सल्लाह लिनु आवश्यक हुन्छ । नयाँ पत्रिका
 

प्रतिक्रिया दिनुहोस