यसकारण देखिन्छ उमेर नपुग्दै बुढो

विहीबार, ३० फागुन २०७५, २० : २९
यसकारण देखिन्छ उमेर नपुग्दै बुढो

सामान्यतया बच्चाको छाला कोमल हुन्छ । उमेर बढ्दै जाँदा बिस्तारै छालामा रुखोपन र फिक्कापन आउन सुरु गर्छ । अझ बुढेसकाल लाग्दै गएपछि त छाला चाउरी पर्छ । जीर्ण हुँदै  जान्छ । यो एउटा प्राकृतिक प्रक्रिया हो । तर, कतिपय अवस्थामा उमेर नपुग्दै बुढ्यौली देखा पर्न थाल्छ । जसलाई चिकित्सकीय भाषामा एन्टी एजिङ समस्या भनिन्छ । युवा अवस्थामा जैविक उमेरभन्दा बढी उमेर देखिने समस्या अहिले मुख्य समस्याका रूपमा देखा पर्न थालेको छ ।

न्युयोर्कको ड्युक विश्वविद्यालयमा गरिएको एक अध्ययनअनुसार केही युवामा समयअगावै एजिङको समस्या देखा परेको पाइएको छ । केही व्यक्तिको शरीरमा भने फरक किसिमको अग्र्यान देखिएको थियो । 

कारण  र उपचार
 अहिलेसम्म मानिसमा एन्टी एजिङ समस्या के कारणले हुन्छ भन्ने तथ्य पूर्णरूपमा पत्ता लागेको छैन । तर, वंशानुगत गुण र वातावरणीय प्रभावलाई मुख्य कारण मानिएको छ । मानिसमा यस्तो समस्या बढ्दो छ । सन् २०८० सम्ममा एन्टी एजिङको समस्या अहिलेको तुलनामा तीन गुणाले बढ्ने विज्ञहरूको तर्क छ । 

 दिनप्रतिदिन बढ्दै गइरहेको धुलो, धुवाँ, वाष्पीकरण, सोझो घामको किरण आदिजस्ता कारणले छालालाई असर गरिरहेको हुन्छ । त्यस्तै, जथाभाबी प्रयोग गरिने रसायनयुक्त कृत्रिम क्रिमले छालामा प्रभाव पारिरहेको हुन्छ । जसले गर्दा छालामा रुखोपन आउने गर्छ । अनि, मानिस साबिक उमेरभन्दा बढी देखिन्छ । उमेर बढ्दै गएपछि छाला पातलो हुँदै जान्छ । छाला र मांसपेशीबीचको बोसो कम हुन्छ । यस्तो हुँदा अनुहारलगायत शरीरका अन्य अंगको छाला झोलिन थाल्छ र शिथिल हुन्छ । छाला पातलो भएपछि नाजुक र असुरक्षित हुन्छ । यसले चाउरीपन ल्याउनुका साथै सुक्खा हुने, रुखो हुने, दाग देखा पर्ने आदि समस्या देखा पर्न थाल्छन् । छालाको चमक कायम राख्नका निम्ति आन्तरिक परिवर्तन नै महत्वपूर्ण हुन्छ । तसर्थ, खानपान, जीवनशैली आदिमा विशेष ध्यान पु-याउनुपर्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस