एनआई सी एशिया बैंकको नयाँ शाखा सिरहाको गोल बजारमा

सफल खबर संवाददाता

विहीबार, ३० फागुन २०७५, १९ : १७
एनआई सी एशिया बैंकको नयाँ शाखा सिरहाको गोल बजारमा

सिरहा । एनआई सी एशिया बैंक लिमिटेडले सिरहास्थित गोलबजार शाखाको उद्घाटन गरेको छ । गोलबजार नगरपालिका वडा नम्बर ४ मा अवस्थित उक्त शाखाको उद्घाटन सोही नगरपालिका प्रमुख देवनाथ शाहले विहिबार उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो शाखा विस्तार गर्दै गएकोमा बैंकको प्रशंसा गर्नुभयो ।

एनआई सी एशिया मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १४ लाख ५० हजार ग्राहकहरूकासाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तिय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेद्वारा विहिबार जारी विज्ञप्तिमा भनिएको छ ।
 

प्रतिक्रिया दिनुहोस