यसकारण चाँडो सुत्ने चाँडै उठ्ने

मंगलबार, २८ फागुन २०७५, १४ : ५४
यसकारण चाँडो सुत्ने चाँडै उठ्ने

- डा. डिबी सुनुवार प्राकृतिक चिकित्सक
भनिन्छ, बेलुका छिट्टै सुत्ने र बिहान चाँडो उठ्ने मानिस जीवनमा सफल हुन्छन् । यस्तो दैनिकीले सफलतासँगै स्वास्थ्यमा समेत सकारात्मक भूमिका खेलिरहेको हुन्छ । 

 यद्यपि, बेलुका खाना खानेबित्तिकै सुत्नु भने हुँदैन । खाना खाएपछि पनि त्यो नपचुन्जेल सक्रिय हुन आवश्यक छ । यदि, लगत्तै सुतेमा मोटोपनासँगै विभिन्न समस्या देखिन सक्छन् ।  त्यसैले, खाना खाएको डेढ घन्टापछि सुत्नु उपयुक्त हुन्छ ।

बेलुका ९ः०० देखि १० बजे भित्र सुतिसक्नु राम्रो हो । स्वस्थ जीवनका लागि दैनिक ६ः०० देखि ८ः०० घन्टा आनन्दले सुत्नु आवश्यक हुन्छ । 

 बेलुका चाँडै सुते बिहान सबेरै उठ्न सकिन्छ । बेलुका शारीरिक तथा मानसिक रूपमा थकित महसुस हुने भएकाले ऊर्जाशील कामका लागि बिहानको जस्तो जाँगर चल्दैन । 

 सामान्यतयाः बिहानको हावापानी तथा वातावरण स्वच्छ र स्वस्थ हुन्छ । बिहान सबेरै उठ्नाले स्वच्छ वातावरणमा सकारात्मक जीवनशैलीको ऊर्जा मिल्छ । शारीरिक तथा मानसिक रूपमा पनि आराम भइसकेको हुनाले बिहान उठ्दा शरीरमा पुनर्ताजगी आउँछ । त्यसैले नयाँ कामका लागि बिहानीको समय उपयुक्त हो । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस