आयआर्जनका लागि बाख्रा वितरण

मंगलबार, २८ फागुन २०७५, १४ : २०
आयआर्जनका लागि बाख्रा वितरण

बलेवा । रोटरी क्लब अफ बागलुङले आय–आर्जनमा सहयोग पु¥याउने उद्देश्यले बागलुङ नगरपालिका–९ तित्याङको तल्लो बुकेनीमा बाख्रा वितरण गरेको छ । 

क्लबको गोठ परियोजनाअन्तर्गत बानपा–९ तित्याङ्का प्रति कृषक एउटाका दरले आठ वटा बाख्रा वितरण गरिएको हो । 

स्थानीयवासी जगतबहादुर थापा, मानकली थापा, अञ्जन थापा, विकास थापा, भवी थापा, सरुण थापा, ज्ञासीराम थापा र धनी थापालाई एउटा एउटा बाख्रा वितरण गरिएको क्लबका अध्यक्ष वीना कार्कीले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस