चितवनमा खुल्यो ‘काठमाडौँ बेकरी’

सफल खबर संवाददाता

शनिबार, २५ फागुन २०७५, १६ : २२
चितवनमा खुल्यो ‘काठमाडौँ बेकरी’

चितवन। पोखरा र चितवनका तीन युवाले अढाइ करोड बढी लगानीमा चितवनको भरतपुर चौबीसकोठीमा काठमाडौँ बेकरी सञ्चालनमा ल्याएका छन् । रोशन महर्जन, गणेशकुमार श्रेष्ठ, टाकेन्द्र श्रेष्ठको संयुक्त लगानीमा सञ्चालन भएको काठमाडौँ बेकरी चौबीसकोठीको संघाई प्लाजाको भुँइतलामा रहेको छ । 
पोखराको सफलतापछि चितवनमा पनि तेस्रो शाखाको रुपमा काठमाडौँ बेकरी सञ्चालनमा ल्याइएको सञ्चालक रोशन महर्जन जानकारी दिनुभयो । आज उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बेकरी उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि उहाँले अब चितवनमा गुणस्तरीय बेकरीको अभाव नहुने बताउनुभयो । उहाँले काठमाडौँ बेकरीले चितवनमा नयाँनयाँ स्वादको गुणस्तरीय बेकरी उपभोक्तामाज लैजाने विश्वास गर्नुभएको थियो । 

पोखरामा यस बेकरीका दुई वटा शाखा रहेका छन् । चितवनमा तेस्रो शाखा खोलिएको र विस्तारै अन्यत्र शाखा विस्तार गर्ने बेकरीका अध्यक्षसमेत रहेका टाकेन्द्र श्रेष्ठले बताउनुभयो । २०५३ सालदेखि काठमाडौँ बेकरी पोखरामा सञ्चालन भइरहेको छ । यस बेकरीबाट कफी जन्मोत्सव, केक, कुकिज, व्रेड, पिज्जा, स्याण्डविच, बरगर, आइसक्रिम, सफ्टी आइसक्रिमलगायतका परिकार पाइने सञ्चालक गणेशकुमार श्रेष्ठले बताउनुभयो । वेकरीमा आएर ग्राहकले आफ्नो लागि आफैँ केके बनाएर लान सक्ने उहाँको भनाइ थियो । 
चितवनका ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै गुणस्तर र स्वादमा कुनै कमजोरी नहुने बेकरीले दावी गरेको छ । होम डेलिभरिदेखि अनलाइन बुकिङसमेतको सेवा बेकरीले दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस