चितवन । नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रमको आयोजना गरी रत्ननगरमा अवस्थित बकुलहर रत्ननगर अस्पतालमा रगत सम्बन्धी विभिन्न रोगहरूको तुरुन्त पहिचान गर्न सक्ने डिजिटल रक्त परीक्षण किट हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जोन २४ का एसिस्टेन्ट गभर्नर रमेश श्रेष्ठ र संस्थापक अध्यक्ष निरञ्जन प्रधानज्यूको विशेष उपस्थिति रहेको कार्यक्रम सञ्चालक इन्द्रप्रसाद रेग्मीले बताउनुभयो ।
नारायणगढ रोटरी क्लबले यो भन्दा अगाडि मृगौला पिडितहरूको लागि तीन थान डाइलासिस मेशिन हस्तान्तरण गरेको र हाल सो मेशिनबाट मृगौला रोगीहरूले लाभ लिईरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र श्रेष्ठले बताउनुभयो । करिब एकहजार जनाको रगत परीक्षण गर्न सकिने उक्त रक्त परीक्षण किट रोटरी क्लब अफ कोगा इस्ट, रोटरी डिष्ट्रिक्ट २८२०–जापानबाट सहयोग प्राप्त भएको एसिस्टेन्ट गभर्नर रमेश श्रेष्ठले हामीलाई जानाकारी गराएका हुन् ।
बकुलहर रत्ननगर अस्पतालमा हाल पन्ध्र बेड रहेको र नेपालकै नमूना अस्पतालको रुपमा सञ्चालन भइरहेको जनस्वास्थ्य अधिकृत भोजराज खनालले बताए । कार्यक्रममा विज्ञानलाल श्रेष्ठ, सञ्जय श्रेष्ठ, सुसनलाल प्रधान, अनुकूल श्रेष्ठ, राजाराम सिटौला, प्रदिप सापकोटा, निवेश श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका सदस्य गोपाल कर्माचार्य लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० फागुन २०७५, १३ : ४४
लेखकबाट थप