नशानशामा रंगशाला बगेको छ : धुर्मुस

सफल खबर संवाददाता

आइतबार, १९ फागुन २०७५, २१ : २०
नशानशामा रंगशाला बगेको छ : धुर्मुस

भरतपुर । धुर्मुस सन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले आफ्नो नशानशामा रंगशाला बगेको बताउनुभएका छ । आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष धुर्मुसले तोकिएकै समयमा रंगशाला बन्ने बताउनुभएको हो । 

पत्रकारसँग उहाँले ६ महिनाभित्र डीपीआरको काम सकिने बताउँदै भन्नुभयो, ‘दुई वर्षभित्रै रंगशाला ठडिन्छ, यसमा कसैले शंका नगरे हुन्छ ।’ उहाँले क्रिकेट रंगशाला मात्र नभई, खेलकुदको हब बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यहाँ ३० भन्दा बढी खेलहरु खेल्न मिल्ने ठाउँ बनाइन्छ ।’ रंगशाला निर्माणमा उठेको रकम पारदर्शी हुने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘अहिले रंगशाला निर्माणको मैदानलाई चारैतिर घेर्ने काम भइरहेको छ, कामदारहरु बस्ने घरहरु निर्माण भइरहेको छ ।’
 

प्रतिक्रिया दिनुहोस