पूर्वउपप्रधानमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्येष्टि गरिने

सफल खबर संवाददाता

आइतबार, १९ फागुन २०७५, १४ : २६
पूर्वउपप्रधानमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्येष्टि गरिने

काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई सरकारले राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ । 
आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

८२ वर्षीय पूर्वमन्त्री अधिकारीको काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राती निधन भएको थियो ।  

अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा  आयोजित श्रद्धाञ्जली सभामा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए । 

प्रतिक्रिया दिनुहोस