युवा समाज नेपालको साधारण सभा

सफल खबर संवाददाता

शनिबार, १८ फागुन २०७५, १९ : ११
युवा समाज नेपालको साधारण सभा

चितवन । भरतपुर ३ नारायणगढ बाह्रघरेमा रहेको युवा समाज नेपालको २० औं साधारण सभातथा ११ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष केशवप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष बद्री अधिकारी रहेका थिए । कोषाध्यक्ष पार्वती घिमिरे दवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कार्यक्रममा गंगाकुमारी भुसाल, आनन्द ओझा, लीलाधर पौडेल लगायतले मन्तव्य दिएका थिए । ११ औंै अधिवेशनले अध्यक्षमा केशवप्रसाद रेग्मी, उपाध्यक्षमा सहदेव लकान्द्री, महासचिवमा होमनाथ घिमिरे, कोषाध्यक्षमा पार्वती घिमिरे दवाडीलाई निर्वाचित गरेको छ । सदस्यहरुमा रामबहादुर रिमाल, बद्रीनाथ पण्डित र विष्णुप्रसाद कँडेल निर्वाचित भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस