प्रचण्डद्वारा दार्चुलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त

सफल खबर संवाददाता

शनिबार, १८ फागुन २०७५, १८ : १२
प्रचण्डद्वारा दार्चुलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुला जिल्लाको तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जिप दुर्घटनामा परी ११ जनाको मृत्युको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनु भएको छ । उहाँले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी निधन हुनुभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 

दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवारजनलाई उचित क्षतिपूर्तिको माग गर्दै उहाँले नेपालका पहाडी भू–भागमा भइरहेका यसप्रकारका सडक दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकायहलाई आग्रह गर्नुभएको छ ।

सवारी क्षमताभन्दा बढी यात्रु बोक्ने र  र सडकको अवस्था विचार नै नगरी यातायात सञ्चालनको अनुमति दिँदा यसप्रकारको दुर्घटना भई जनधनको क्षति भइरहेकाप्रति उहाँले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । 
देशैभरीका सडकको स्तरोन्नति गरी सुरक्षित सडकका रुपमा विकास गर्न उहाँले सरकारसँग आग्रह गर्नुभएको छ ।
 

प्रतिक्रिया दिनुहोस