सेनाको स्काइ ट्रकमार्फत मन्त्री अधिकारीको शव पोखरा लगिने

सफल खबर संवाददाता

शुक्रबार, १७ फागुन २०७५, ११ : १६
सेनाको स्काइ ट्रकमार्फत मन्त्री अधिकारीको शव पोखरा लगिने

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव सेनाको स्काइ ट्रक मार्फन गृहनगर पोखरा लगिनेभएको छ ।  
पोखरामा उपप्रधानमन्त्री ईश्वर पोख्रेल र प्रदेश ४ का मुख्य मन्त्रीले अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । 

काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शुक्रबार दिउँसो १२ बजेसम्म पार्थिव शरीर पोखराको रामग्राममा राजकिय सम्मानका साथ अन्तिम सस्कार गरिने छ । 

अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ । 

 प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । बुधबारको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस