ग्लोबल आईएमई बैँकमा आगलागी

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, १६ : ११
ग्लोबल आईएमई बैँकमा आगलागी

चितवन । नारायणगढको शहिदचोकमा रहेको ग्लोबल आईएमई बैँकमा आगलागी भएको छ । विहिबार दिउँसो १२ बजे भएको आगलागीबाट बैँकको एउटा कोठामा रहेको फर्निचर र कप्युटर जलेर नष्ट भएको छ । घटनामा कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

भरतपुर महानगरबाट गएको वारुणयन्त्र र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको छ ।
थप विवरण आउन बाँकी रहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस