हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शव टुँडिखेलमा राख्ने तयारी हुँदै (तस्विरमा हेरौं)

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, १५ : ३६
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शव टुँडिखेलमा राख्ने तयारी हुँदै (तस्विरमा हेरौं)

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनाको शव टुँडिखेलमा राखिने भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको शव अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमर्टम हुँदैछ । पोष्टमर्टम गरिएलगत्तै ७ जनाकै शव टुँडिखेलमा ल्याउने तयारी भैरहेको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस