मृतकहरुको शव लिएर काठमाडौं उड्यो हेलिकप्टर

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, १२ : ३८
मृतकहरुको शव लिएर काठमाडौं उड्यो हेलिकप्टर

ताप्लेजुङ । हेलिकप्टर दुर्घटनाका मृतकहरुको शव लिएर नेपाली सेनाको हेलिकप्टर सुकेटारबाट काठमाडौं उडेको छ ।

बुधवार मध्यान्ह ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएपछि उनीहरुको शव संकलन गरी आज बिहान मात्र घटनास्थलबाट सुकेटार एअरर्पोट सम्म ल्याईएको थियो ।

साँझ सम्ममा ४ र आज बिहान ३ गरी दुर्घटनामा मृत्यु भएका सातैजनाको शव सुकेटारमा ल्याईपुर्याएको केहि समयपछि नै बर्षा,हिमपात र कुहिरोले अवरोध गरेपछि त्यत्तिकै राखिएको थियो । अहिले मौसममा सुधार आएपछि  हेलिकप्टर काठमाडौंका लागि उडेको हो । 

शवको परीक्षण ताप्लेजुङमा सम्भव नभएपछि जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामा सहित जिल्ला सुरक्षा समितिको सुकेटारमा बसेको बैठकले शव परीक्षण नै नगरी काठमाडौ पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस