अध्यक्ष प्रचण्डद्वारा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारसँग भेट

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, ११ : ०४
अध्यक्ष प्रचण्डद्वारा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारसँग भेट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएकाहरुको परिवारजनलाई भेट गरी समवेदना प्रकट गर्नुभएको छ । 

प्रचण्डले विहिबार विहान दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरी समवेदना प्रकट गर्नुभएको हो । त्यसैगरी उहाँले व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस