ताप्लेजुङ हेलिकोप्टर दुर्घटना: छानबिन समिति गठन

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, २० : २३
ताप्लेजुङ हेलिकोप्टर दुर्घटना: छानबिन समिति गठन

सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन हुने गरी भएको हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।
बैठकमा सरकारले पूर्व पर्यटनसचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा सरकारले छानबिन समिति गठन गरेको हो । त्यस्तै सदस्यहरुमा सहायक रथी दिपक प्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा र सहसचिव बुद्धिसागर लामिछाने रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस