मन्त्रीपरिषदको निर्णय: बिहीवार राष्ट्रियशोक, राजकीय सम्मानका साथ अधिकारीको अन्तिम संस्कार गरिने

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १९ : ४४
मन्त्रीपरिषदको निर्णय: बिहीवार राष्ट्रियशोक, राजकीय सम्मानका साथ अधिकारीको अन्तिम संस्कार गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको बुधवार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि राष्ट्रियशोक मनाउने निर्णय गरेको छ।

बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ ।

हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस