नारायणी कला मन्दिरमा शैक्षिक तालिमको समापन

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १९ : ४६
नारायणी कला मन्दिरमा शैक्षिक तालिमको समापन

चितवन । आज बुधबार नारायणी कला मन्दिर नारायणगढमा विद्यार्थीहरुको क्षमता अभिवृद्धि साथै विद्यार्थीहरुमा आत्मविश्वाश जगाउन आरम्भ गरिएको  शैक्षिक तालिमको समापन भएको छ । 
समापन कार्यक्रममा वर्तमान युवा पुस्ताका ख्याती प्राप्त उत्प्रेरक सौनक भट्टले आफ्नो विशेष प्रस्तुति दिएका थिए । विद्यार्थीहरु निकै उत्सुकता पुर्वक कार्यक्रममा उपस्थित भएका थिए । 

कार्यक्रम विद्यार्थीहरुको चौतर्फी विकासको लागि कोसेढुङा सावित हुने कुरामा आयोजक विस्वस्त रहेको आयोजक पक्षले बताएको छ । उक्त कार्यक्रममा ५०० जना विद्यार्थीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस