खराब मौसमले हेलिकप्टर दुर्घटना : गृह मन्त्रालय

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १७ : ४०
खराब मौसमले हेलिकप्टर दुर्घटना : गृह मन्त्रालय

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना खराब मौसमका कारण भएको गृह मन्त्रालयले जनाएको छ ।

गृहप्रवक्ता रामकृष्ण सुवेदीले सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् ।

‘स्थानीय प्रशासनले दिएको जानकारी अनुसार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा डेढ किलोमिटर वर आइपुग्ने वित्तिकै दुर्घटना भएको हो’, सुवेदीले भने ।

दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस