मन्त्री अधिकारी अस्ताउनुअघि के गरिरहेका थिए (हेरौं तस्विरमा)

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १७ : १८
मन्त्री अधिकारी अस्ताउनुअघि के गरिरहेका थिए (हेरौं तस्विरमा)

काठमाडौं । एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पर्यनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

मन्त्री अधिकारीसहितको टोली दुर्घटनामा पर्नुअघि तेह्रथुमस्थित चुवानडाँडा विमानस्थलको सम्भाव्यताका अध्ययनका लागि पुगेको थियो । सो कार्यक्रमसहित मन्त्री अधिकारीको टोलीलाई तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले औपचारिक कार्यक्रमनै राखेर स्वागत गरेको थियो ।
ती कार्यक्रममा सहभागी भएलगत्तै फर्किएको सो टोली पाथिभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको थियो । 

प्रतिक्रिया दिनुहोस