हेलिकप्टर चालकले भनेका थिए, ‘उड्न सकिने अवस्था छैन’

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १६ : १६
हेलिकप्टर चालकले भनेका थिए, ‘उड्न सकिने अवस्था छैन’

काठमाडौं । एयर डायनेस्टिक हेलिकप्टर पाथिभराबाट उडेको १ मिनेटमै दुर्घटना भएको भएको छ । त्रिभूवन विमनस्थलका प्रवक्ता प्रतापबाबू तिवारीका अनुसार १ बजेतिर दुर्घटना भएको थियो । 
दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ । नागरिक उडडयन प्राधिकरणले ७ जनाकै निधन भएको पुष्टि गरेको छ । घटनास्थल पुगेका प्रहरी हवल्दार बेदकुमार अर्यालले घटनास्थलमा ७ जनाको शव फेला परेको जानकारी गराएका छन् ।

तेह्रथुमको आठराई गाउँपालिकामा रहेको कार्यक्रममा सहभागिता जनाउन पुगेको बेला भने पर्यटनन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, एअर कम्पनीका प्रवन्धक आङ्छिरिङ शेर्पा,नागरिक उड्यन प्राधिकरणमा उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै क्षेत्रीय निर्देशक ध्रुव दास, प्रधानमन्त्री कार्यालयका कर्मचारी श्याम दाहाल, र चालक प्रभाकर श्रेष्ठ रहेका थिए । पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको हो ।

सुकेटार विमानस्थल टावरले हेलिकप्टर पौने १ बजेसम्म सम्पर्कमा रहेको जनाएको थियो । प्रवक्ता तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए । त्यसको १ घण्टा पौने १ क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा  ‘हेभी स्नोफल’ भएको बताएका थिए । 
प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धृत गर्दै भने, ‘यता मौसम खराब छ । हेभ्भी स्नोफल भइरहेको छ । म उड्न सक्दिनँ । 

प्रवक्ता तिवारीका अनुसार पाथिभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको थियो । उनले भने, ‘पाथिभरामा ल्याण्ड भएपछि हामीसँग सम्पर्क भएको थियो । चालकले ठूलो हिमपात परेकाले उड्न नसक्ने सूचना दिनुभएको थियो । पछि उहाँहरु उड्नुभएछ, उडेको १ मिनेटमै दुर्घटना भयो ।’

प्रतिक्रिया दिनुहोस