हेलिकप्टर दुर्घटना स्थलमा चिन्न नसकिने अवस्थामा ५ शब फेला

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १५ : १२
हेलिकप्टर दुर्घटना स्थलमा चिन्न नसकिने अवस्थामा ५ शब फेला

काठमाडौं । एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ५ शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 
सबै जलेको अवस्थामा निकालिएको शवको पहिचान भएको छैन । हेलिकप्टरमा ७ जना सवार थिए ।

तेह्रथुमको आठराई गाउँपालिकामा रहेको कार्यक्रममा सहभागिता जनाउन पुगेको बेला भने पर्यटनन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, एअर कम्पनीका प्रवन्धक आङ्छिरिङ शेर्पा,नागरिक उड्यन प्राधिकरणमा उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै क्षेत्रीय निर्देशक ध्रुव दास, प्रधानमन्त्री कार्यालयका कर्मचारी श्याम दाहाल, र चालक प्रभाकर श्रेष्ठ रहेका थिए ।
हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर आसपास दुर्घटनामा परेको थियाे ।

प्रतिक्रिया दिनुहोस