इन्टरनेट फास्ट बनाउन के गर्ने ?

बुधबार, ०८ फागुन २०७५, १९ : २१
इन्टरनेट फास्ट बनाउन के गर्ने ?

काठमाडौं । हाम्रो दैनिक जीवन, व्यावसायिक काम र मनोरञ्जनका लागि इन्टरनेटको प्रयोग अधिक हुन्छ । तर, इन्टरनेट सुस्त भएकै कारण वाक्क हुनुपर्नेे समस्या हामी सबैले भोगेको हुनुपर्छ । खासगरी, कमजोर पूर्वाधार भएको हाम्रो जस्तो मुलुकमा इन्टरनेट स्लो हुने समस्या बढी हुन्छ । यद्यपि, यी केही टिप्स प्रयोग गर्न सकेमा हाम्रो इन्टरनेटको गति द्रूत हुन्छ ।

- हामीले आफ्नो आवश्यकताअनुसारको इन्टरनेट प्याकेज खरिद गर्नुपर्छ । व्यक्तिगत प्रयोगका लागि कम गतिको भए पनि हुन्छ, तर व्यावसायिक प्रयोजनका लागि भने कम्पनीमा एक एमबिपिएस क्षमताको इन्टरनेट हुनैपर्छ ।

- आफूले ब्राउज गर्ने कन्टेन्टअनुसार प्याकेज छनोट गर्नुपर्छ । तीन सय ५६ केबिपिएसले चाहेअनुसार स्काइपमा भिडियो च्याट गर्न गाह्रो हुन्छ । यसलाई सात सय ६८ केबिपिएस क्षमता चाहिन्छ । त्यस्तै, साधारण युट्युब भिडियो एक एमबिपिएसले पुग्छ । तर, हाई डेफिनेसनको भिडियो हेर्न कम्तीमा पाँच एमबिपिएसको इन्टरनेट चाहिन्छ ।
- सस्क्राइब गरेको प्याकेज सर्भिस प्रोभाइडरले सम्झौता गरेअनुसार छ÷छैन परीक्षण गर्नुपर्छ । 
- इन्टरनेटको गति हाम्रो डिभाइसमा पनि निर्भर हुन्छ । त्यसैले इन्टरनेटलाई गति दिन गुणस्तरीय, क्षमतायुक्त र आवश्यकताअनुसारको डिभाइस प्रयोग गर्नुपर्छ । 
- वाइफाईमार्फत नेट चलाउँदा डिभाइस राउटर कनेक्ट हुने स्थानमा हुनुपर्छ । सो राउटरमा एकभन्दा बढी डिभाइस कनेक्ट भएमा पनि नेटको स्पिड स्लो÷फास्ट हुन्छ । 
- राउटरको पासवर्डमा साधारण शब्द राख्दा ह्याक हुने सम्भावना हुन्छ । न्युमेरिक, अल्फाबेटिकल र सिम्बोल युज गरेर पासवर्ड बनाई कतै टिपेर राख्नुपर्छ । सुरक्षित राख्न समय–समयमा पासवर्ड चेन्ज गर्नुपर्छ ।
- केबल थिचिएको, राउटरलाई कुनै वस्तुले छोपिएको वा अन्य डिभाइस बिग्रिएको अवस्थामा पनि इन्टरनेट स्लो हुन्छ ।
 इन्टरनेट चलाउने कम्प्युटर, ल्यापटप वा अन्य डिभाइस सुरक्षित हुुनुपर्छ । त्यस्तो डिभाइसमा प्रोग्राम ओभरलोड भएमा या अनावश्यक फाइल डेस्कटपमा नराख्दा इन्टरनेट स्लो हुँदैन । – नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस