आमा आयुर्वेद सेवा प्रालिले निःशुल्क स्वास्थ्य शिविर गर्ने

सफल खबर संवाददाता

मंगलबार, ०७ फागुन २०७५, १९ : ४६
आमा आयुर्वेद सेवा प्रालिले निःशुल्क स्वास्थ्य शिविर गर्ने

चितवन । आमा आयुर्वेद सेवा प्रालि पुलचोकले निः शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । सेवा प्रालिले आफ्नो सेवा प्रारम्भको अवसरमा आयुर्वेद परिसरमा फागुन ११ गते शनिबार विहान ९ बजेदेखि साँझ ५ बजेसम्म शिविर गर्न लागेको हो । आयुर्वेद विशेषज्ञहरुबाट स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरिने आयुर्वेदका निर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । 
शिविरमा पेट, मानसिक, छाला, यौन, नाँक, कान, घाँटी हाडजोर्नी, नशा, मलद्धार, स्त्री तथा प्रशुती, श्वास प्रश्वास, सुगर, प्रेसर, थाइराइड लगायतका रोगहरुको स्वास्थ्य चेक जाँच हुने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै शिविरमा क्षारसुत्र, ल्याब, पञ्चकर्म सेवामा १५ देखि २० प्रतिशतसम्म छुट हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस