‘नयाँ योजनाले समृद्धिको ढोका खुल्छ’

मंगलबार, ०७ फागुन २०७५, १९ : ३७
‘नयाँ योजनाले समृद्धिको ढोका खुल्छ’

रुकुम । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ योजनाले मात्र समृद्धिको ढोका खुल्ने बताउनुभएको छ ।

नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत आज रुकुमकोट पुग्नुभएका उहाँले स्रोत र साधनले भरिपूर्ण मुलुकमा नयाँ सोच र योजनाका साथमा अगाडि बढे समृद्धि धेरै टाढा नरहेको बताउनुभयो ।

पुष्पलाल राजमार्ग सबैभन्दा बढी विकसित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले उक्त राजमार्गले समृद्धिको ढोका खोलिसकेको बताउनुभयो । “विकास निर्माण राजनितिसँग जोडिएको हुन्छ”, उहाँले भन्नुभयो, “भ्रष्टाचार र अनियमितता भयो भने विकास हुनै सक्दैन ।” भ्रष्टाचार मौलाउँदै गइरहेको बेलामा भ्रष्टाचार निर्मुल पार्नतिर सरकारले कुनै चासो नदेखाएको उहाँको आरोप छ । रासस

प्रतिक्रिया दिनुहोस