के प्रियंका चोपडा आमा बन्दैछिन् ?

एजेन्सी

मंगलबार, ०७ फागुन २०७५, १७ : ५५
के प्रियंका चोपडा आमा बन्दैछिन् ?

मुम्बई । लोकप्रिय नायिका प्रियंका चोपडा आमा बन्न लागेको खबरले बलिवुड तातेको छ । के साँच्चै नै प्रियंका चोपडा आमा बन्दै छिन् ? वा यो बलिवुड गसीपमात्र हो ?

गत वर्ष डिसेम्बरमा जोधपुरमा अभिनेता निक जोन्ससँग विवाह गरेकी प्रियंकाको बारेमा विवाह भएको दुई महिनामै उनी आमा बन्ने खबर भाइरल भएको छ । समाचारसँगै भाइरल बनेको यो तस्बिरमा प्रियंका गर्भवतीजस्तै देखिन्छिन् । तर, प्रियंका आमा बन्न लागेको खबर सत्य नभएको भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रियंकाकी आमा मधु चोपडाले छोरी गर्भवती भएको भन्ने खबर झुटो भएको पुष्टि गरेकी छिन् । ‘प्रियंकाको गर्भावस्थाबारेको खबर गलत छ’ मधु चोपड़ाले भनिन्, ‘छोरीको तस्वीर या त गलत पहिरन वा भ्रामक क्यामेरा कोणको कारण त्यस्तो देखिएको हो । यस्ता कथाहरूमा कुनै सत्यता छैन ।’

प्रतिक्रिया दिनुहोस