भरतपुरमा कारको ठक्करवाट एक को मृत्यु, चालक फरार

सफल खबर संवाददाता

मंगलबार, ०७ फागुन २०७५, ०५ : ४२
भरतपुरमा कारको ठक्करवाट एक को मृत्यु, चालक फरार

चितवन  । भरतपुर महानगरपालिका वडा नम्वर २३ मा कारको ठक्करवाट एकजनाको मृत्यु भएको छ ।

जगतपुर वाट भरतपुर आउदै गरेको वा १४ च ४९२६ नम्वरको कारले भरतपुुर २३ कृष्णचोकमा भित्री सडकमा ठक्कर दिदा पैदल यात्री स्थानीय वर्ष ७० का जीत वहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतक सार्कीको शव पोष्टमार्टमका लागी भरतपुर अस्पताल ल्याइएको छ । ठक्कर दिने कारको चालक फरार छन् । कार ईलाका प्रहरी गीतानगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस