दुई तिहाइको सरकार एउटा गीतले काँपेको प्रवक्ता शर्माको आरोप

सफल खबर संवाददाता

आइतबार, ०५ फागुन २०७५, १९ : ४६
दुई तिहाइको सरकार एउटा गीतले काँपेको प्रवक्ता शर्माको आरोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको एक वर्ष पूरा भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ओली सरकारको एक वर्षको समीक्षा गर्दै नागरिकको विश्वास गुमाएको जनाएको छ ।
कांग्रेसले आज पत्रकार सम्मेलन गरेर सरकारले जिम्मेवारी पूरा नगरेको जनाएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले  भने एउटै गीतबाट दुई तिहाइको सरकार थरर भएको टिप्पणी गरे ।
प्रवक्ता शर्माले दुई तिहाइको सरकार एउटा गीतले पनि काँपेको आरोप लगाएका हुन् । ‘कति बलियो होला दुई तिहाईको सरकार, एउटा गीतले पनि थरर काप्ने?,’ ।
प्रवक्ता शर्माले अभिव्यक्ति स्वतन्त्रताका विषयमा पनि सरकार गम्भीर नरहेको आरोप लगाए । ‘सरकार आफैंले कही हस्तक्षेप गरेर यूट्यूबबाट हटायो या सरकार आफैंले गीत हटाउन चेतावनी दियो,’ उनले भने, ‘मेरो आशय आरोप बिल्कुल होइन । एउटा गायकले गीत प्रस्तुत गर्दैगर्दा आलोचित या प्रशंसित हुन पाउने गायकको नैसर्गिक अधिकारको रक्षा राज्यले गर्न सकेन ।’

यस अघि
सरकारले यी चार विषयमा विश्वसनीयता गुमायो : नेपाली कांग्रेस

 

 

 

प्रतिक्रिया दिनुहोस