कुवेतका लागि नेपाली राजदूत नियुक्त

आइतबार, ०५ फागुन २०७५, १९ : ०८
कुवेतका लागि नेपाली राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतका लागि नेपालको आवासीय राजदूतमा दुर्गाप्रसाद भण्डारीलाई आज नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस