अहिलेको सरकारबाट समृद्धि सम्भव छैन: डा भट्टराई

शनिबार, ०४ फागुन २०७५, २१ : ३६
अहिलेको सरकारबाट समृद्धि सम्भव छैन: डा भट्टराई

पर्वत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताउनुभएको छ

नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत आज पर्वत सदरमुकाम कुश्माबजारमा आइपुग्नुभएका डा भट्टराईले लामो समयपछि मुलुकले दुई तिहाइको बहमुत प्राप्त सरकार पाएको भए पनि काम गर्ने सोच र मानसिकता नभएको दाबी गर्नुभयो । उहाँले अहिलेको मोडेलको विकासले मुलुक र नागरिकले चाहेजस्तो समृद्धि दिन नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले बढ्दो भ्रष्टाचार र कमिसनखोरले मुलुक खस्ँिकदै गएको बताउँदै देशको भ्रष्टाचार रोक्न अख्तियारभन्दा पनि लोकपालको व्यवस्था हुनुपर्ने विचार राख्नुभयो । उहाँले सार्वजनिक छवि भएका व्यक्तिहरूलाई संसद्प्रति उत्तरदायी बनाएर राष्ट्रपतिदेखि तल्ला पदमा पनि छानबिन गर्ने अधिकारसहितको लोकपालको व्यवस्था गरिएमा मात्र देशको भ्रष्टाचार अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस