यसरी बन्छ मरिन्दरमा कुदिएका काठका मुर्ति बुट्टा (भिडियो)

शनिबार, २९ पुस २०७४, १२ : ४४

चितवन । प्रया : पुजा पाठ गर्न मन्दिर गईन्छ । पुजा पाठ गर्नाले सुख शान्ति मिल्छ भन्ने आस्था र विश्वास रहदै आईरहेको छ । मन्दिरहरु राष्ट्रका महत्वपुर्ण सम्पत्ती पनि हुन् । नेपाल विश्वमै सबै भन्दा बढी मन्दिर हुने देशको रुपमा पनि परिचित छ । यसो त मन्दिरहरुकै कारण नेपालमा बर्षैनी लाखौका संख्यमा धार्मिक पर्यटकहरु घुम्न आउने गर्दछन् । आस्थाले गर्दा मन्दिर पुजा गर्न जानु त स्वाभाभिक नै हो , मन्दिरको सन्र्दयाताले मन्दिरमा जाने युवा पिडिहरुको संख्या उल्लेख्य छ ।

पछिल्लो समय ठुला ठुला लगानीमा मन्दिरको निमार्ण गरिएको छ । भारतका प्रख्यात मन्दिरहरुको डिजाईनमा नेपालमा यस्ता खाले मन्दिरहरु निर्माण भएको पाईएको छ । कुनै धाम वा कुनै भगवान विषेशको मन्दिरहरुलाई कलात्मक शौलीबाट मन्दिरको डिजाईन दिन ठुलो रकम खर्च हुने गर्दछ । यस मध्ये मन्दिरलाई आर्कषक देखिन काठमा कुदिएका विभिन्न प्रकारको बुट्टाको महत्पुर्ण भुमिका रहेको हुन्छ ।

ती बुट्टाहरुलाई हदैसम्म मिहिनेत गरेपछि मात्र मन्दिरमा लगाईन्छ । काठमाण्डौमा प्रचिनकाल देखिका अधिकांश मन्दिरहरुमा मानव जीवन झल्किने चित्र ,बुट्टा कुदेको पाईन्छ । चितवनमै काठमा बुट्टा कुदेर मन्दिर बनाईने कामहरु पाईन थालेको छ । मन्दिरका बुट्टाहरु कसरी कुदिने रहेछ , तपाईलाई हामी बुट्टा कुदेकै ठाउँमा कसरी बुट्टा कुदिने रहेछ देखाउदै छौ । 

प्रतिक्रिया दिनुहोस