दबङ ३ बाट मलाइका आउट

आइतबार, २७ माघ २०७५, १९ : ३९
दबङ ३ बाट मलाइका आउट

सलमान खानका बारेमा बलिउडमा कथन छ, उनी कसैको पनि करिअर बनाइदिन सक्छन् र जोसुकैको पनि बिगार्न सक्छन् । हालै खबर आएको छ कि सलमानले ‘दबङ ३’ बाट आइटम गीत गर्नका लागि मलाइका अरोडाको नाम काटेका छन् ।

मलाइकाले ‘दबङ’ मा गरेको ‘मुन्नी बदनाम हुई’ आइटम सुपरहिट भएको थियो । केही समय पहिले खबर आएको थियो कि ‘दबङ ३’ मा पनि मलाइकाको आइटम डान्स हुनेछ । भारतीय मिडियाका अनुसार अरबाज खानसँग सम्बन्धविच्छेद गरेपछि दबङ टिमले उनलाई आउट गरिदिएको हो । यो काम सलमानकै निर्देशनमा भएको अनुमान मिडियाले गरेका छन् । सलमानले पहिलेदेखि नै आफ्नी बुहारी मलाइका र अर्जुन कपुरको सम्बन्धलाई रुचाएका थिएनन् । अहिले भने यस काण्डमाथि मलाइकाको बयान बाहिर आएको छ ।

मलाइकाले एक कार्यक्रममा बताएकी छिन्, ‘मलाई लाग्दैन कि आइटम गीतले कुनै पनि ढंगको ट्याग वा लेभल लगाउँछ । मैले धेरै आइटम गीत दिएको छु, तर मलाई लाग्दैन कि मलाई लिएर कुनै पनि धारणा बनेको छ । मैले सधैँ उही काम गरेँ, जुन म चाहन्थेँ ।’ नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस