प्रेम दिवसमा "तिमी नै मेरो सास हौ"

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, १५ : ०६
प्रेम दिवसमा "तिमी नै मेरो सास हौ"

चितवन । नेपाली सुगम संगीतका निक्कै लोकप्रिय तथा चर्चित गायक शिव परियारको नयाँ गीत "तिमी नै मेरो सास हौ" को भिडियो सार्वजनिक गरिएको छ। प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको "तिमी नै मेरो सास हौ" गीत प्रेम दिवसमा आफ्नो दर्शक तथा स्रोतालाई उपहार लिएर आएको गायक परियारले बताए ।

सार्वजनिक गीतमा एकनारायण भण्डारीको अत्यन्तै मिठो शब्द रहेको छ भने आशिष अविरलको जादमयी संगीत तथा एरेन्ज रहेको छ । गीतमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् । गायक शिव परियारको शिवालय एल्बममा समाबेश गीतमा अहिलेका चर्चित तथा लोकप्रिय नायक नायिकाको खुलस्त रोमान्स देख्न सकिन्छ ।

सुहाना क्रियसनको प्रस्तुति रहेको भिडियो लोभलाग्दो र आकर्षक बनेको छ ।  बुद्ध थापाले छायांकन गरेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ । भिडियोलाई शिवले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्  ।

प्रतिक्रिया दिनुहोस