राजामौलीको फिल्ममा आलिया

शनिबार, २६ माघ २०७५, २० : २९
राजामौलीको फिल्ममा आलिया

मुम्बई । आलिया भट्ट अहिले बलिउडकी लोकप्रिय हिरोइनको सूचीमा सामेल भएकी छन्। युवा हिरोसँग उनको जोडी जम्छ। यही कारण ‘बाहुबली’जस्तो ब्लक बस्टर फिल्म बनाउने निर्देशक एसएस राजामौलीले अफ्नो आगामी फिल्ममा आलिया भट्टलाई लिन चाहेका छन्।
बाहुबली सिरिजपछि राजामौली आफ्नो फिल्म ‘आरआरआर’मा व्यस्त छन्। फिल्मको नाम अलि फरक छ। यो फिल्ममा रामचरण तेजा र एनटीआर जुनियर लिड रोलमा छन्। हिरोइन अहिलेसम्म फाइनल भएको छैन।

राजामौलीले आलियासँग करण जोहरमार्फत सम्पर्क गरेका छन्। आलियालाई करणले बलिउडमा लन्च गरेका हुन्। करणका धेरै फिल्ममा आलियाले काम गरिसकेकी छन्। करण एक हिसाबले आलियाका गडफादर पनि हुन्। ‘आरआरआर’मा करण कोप्रोड्युसर पनि हुन्। त्यसैले करणले भनेको आलियाले मान्नेछिन् र राजामौलीको फिल्ममा देखिनेछिन्।
सूत्रअनुसार आलियालाई डेटको समस्या भने हुन सक्छ। फिल्ममा अर्की हिरोइनका रूपममा किआरा आडवाणीसँग कुरा भइरहेको छ। किआरा पनि यो अवसर गुमाउन चाहिरहेकी छैनन्। अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस