जेनिफर लरेन्सले गरिन् इंगेजमेन्ट

शनिबार, २६ माघ २०७५, १४ : ५१
जेनिफर लरेन्सले गरिन् इंगेजमेन्ट

हलिउड अभिनेत्री जेनिफर लरेन्सले करिब नौ महिना डेट गरेपछि आर्ट ग्यालरीका निर्देशक कुक मैरोनेसँग इंगेजमेन्ट गरेकी छिन् । पेन सिक्सका अनुसार ओस्कर विजेता २८ वर्षीय अभिनेत्री लरेन्सको हातमा इंगेजमेन्टको औँठी देखिएको छ । त्यो पनि ३७ वर्षीय मैरोनेको साथमा न्युयोर्कमा घुमिरहेका वेलामा ।

लरेन्स र मैरोने चाँडै नै विवाह बन्धनमा बाँधिँदै छन् । मैरोनेभन्दा पहिले लरेन्स फिल्म निर्देशक डेरेन एरोनोफ्सकीसँग प्रेममा थिइन् ।

एक सूत्रले पेज सिक्स आउटलेटलाई बताएको छ, ‘लरेन्सको औँलामा हिराको ठूलो औँठी थियो । उनलाई देख्दा लागिरहेको थियो कि उनी पार्टी मनाइरहेकी छिन् ।’ खबरअनुसार लरेन्स र मैरोने चाँडै नै विवाह बन्धनमा बाँधिँदै छन् । मैरोनेभन्दा पहिले लरेन्स फिल्म निर्देशक डेरेन एरोनोफ्सकीसँग प्रेममा थिइन् । जसले लरेन्सको २०१७ को फिल्म ‘मदर’ निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस